काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमाथि अनावश्यक रूपमा आक्षेप लगाउने काम भएको बताउनु भएको छ ।

सरकार कोरोना भाइरस संक्रमण विरुद्धमा लागेको बेला अनावश्यक रूपमा आक्षेप लगाइएको उहाँले बताउनुभयो । विदेशी दूतसँग पत्रमा हस्ताक्षर गरेको भन्दै हुँदै नभएको विषयलाई लिएर विभिन्न लान्छना लगाएर सरकारलाई कमजोर पार्न खोजिएको उहाँको आरोप छ ।

मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा सोमबार प्रधानमन्त्रीले सो कुरा उल्लेख गर्नुभएको हो । सरकार कोरोना महामारी नियन्त्रणमा लाग्दा अनेक अप्ठ्याराहरु सामना गर्न बाध्य भएको उहाँले जानकारी गराउनुभयो ।

उहाँले आफुमाथि व्यक्तिगत र सरकारमाथि हिलो छ्याप्न खोजिएको उल्लेख गर्नुभयो । कोभिडविरुद्धको औषधि खरिदमा भएका भ्रष्टाचारका नाममा नभएका कनेक्सन बताउने गरिएको भन्दै उहाँले दुःख पनि व्यक्त गर्नुभयो ।

विश्वभर कोरोनाविरुद्धको खोप अभाव रहेको बेलामा पनि सरकारले कोरोनाको खोप लगाउने काम गरिरहेको उहाँको दाबी रहेको छ ।

सम्बन्धित खबरहरु