काठमाडौं । देशको चर्चित बैंकमा आगलागी भएको छ । चितवनको भरतपुर–१० स्थित प्राइम कमर्सियल बैंकमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज गिरीका अनुसार बिजुली सर्ट भएर आगलागी भएको हो । प्रहरी, सेना र भरतपुर महानगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीबाट बैंकका कम्पयुटर, प्रिन्टर लगायत फर्निचर लगायतका सामानहरू पूर्णरूपमा जलेका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चितवन प्रहरीले उल्लेख गरेको छ ।

 

सम्बन्धित खबरहरु