काठमाडौ । संविधानविद् भिमार्जुन आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिले जालसाझीपूर्ण अधिकारको प्रयोग गरेको दावी गरेका छन् । यो कार्यका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले सहयोग गरेको उनको ठम्याई छ ।

विपक्षीलेपनि संविधानको धारा ७६ (२) अन्र्तगत सरकार गठनको माग गरिनु र राष्ट्रपतिलेपनि त्यही गर्नु काम चलाउ सरकारको प्रधानमन्त्री बनिसकेका केपी शर्मा ओलीको सुविधाका लागि भएको दावी गरेका छन् ।

उनले भनेका छन् माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि ओली सरकार धारा ७६ (३) अर्थात अल्पमतमा परिणत भएको थियो । आज प्रतिनिधिसभामा मतदान हुँदा प्रधानमन्त्रीको आफ्नो दल मात्र सरकारमा थियो। यस हिसाबले अब अर्को सरकार ७६ (५) बमोजिम गठन हुनु बढी उपयुक्त हुनेछ ।

उनले थप स्पष्ट पार्दै भनेका छन् ओली सरकारको कथा रोचक छ । शुरूमा ७६ (२) बमोजिम गठन भयो । नेकपा गठनले ७६ (१) बनायो । फागुन २३ को फैसलाले फेरी ७६ (२) बनायो ।माओवादीको समर्थन फिर्ता ले ७६ (३) बनायो । राष्ट्रपतिको कार्यालयबाट जारी बिज्ञप्तिले ७६ (२) नै मानेर पुनः (२) कै सरकारको माग गर्यो ।

यसको अर्थ (२) पछि (३) मा जाने भयो । प्रतिपक्षले ७६ (२) को माग गर्यौ । जुन गलत थियो । यसले फेरी ओली सरकार ७६ (३) बमोजिम आउने ढोका खोलि दियो।

https://twitter.com/BhimarjunPhD/status/1391773677893525507

 

सम्बन्धित खबरहरु