काठमाडौं । नेपालसँग सीमा जोडिएका भारतका राज्यहरुमा कोरोना भाइरस (कोभिड–१९) भयावह भएको छ । भारतका धेरै राज्य सरकारले दिने रिर्पोटमा कोरोना संक्रमण घटेको देखिन्छ ।

तर यदि तपाईंले वास्तविकता हेर्नुभयो भने धेरै फरक छ । सरकारी भनाई र सत्य केही अलग देखिन्छ । भारतको उत्तर र बिहार राज्यबाट बाहिर आएका केही तस्विरहरुमा डरलाग्दो खुलासा भएको हो ।

त्यहाँको बक्सरको चौसाको महादेव घाटमा दर्जनौं लाश फेला पारिएको छ । हालसम्म यो स्पष्ट हुन सकेको छैन कि यी लाशहरू बिहारबाट बगाइएको थियो कि उत्तर प्रदेशबाट आएका हुन् । एकातिर जिल्लाधिकारी अमन समीरले सबै लाशको नमूना परीक्षणका लागि लिएर सम्मानपूर्वक अन्तिम संस्कार गर्ने बताउँदैछन् ।

अर्कोतर्फ महादेव घाटबाट लाशलाई परीक्षणविना एउटै ठाउँमा अन्तिम संस्कार गरिरहेका दृश्यहरु पनि बाहिर आएका छन् । यस घटनाको भिडियो बाहिर आउने बित्तिकै जिल्ला प्रशासनको कान ठाडो भयो ।

ति लाशका बारेमा जवाफ दिने प्रक्रिया शुरू भएको छ । चौसाका बीडीओ अशोक कुमारले भने, ‘४० देखि ४५ लाशहरु विभिन्न ठाउँहरुबाट बगेर महादेव घाटमा आएका छन् ।’ बीडीओले स्पष्ट पार्दै भने कि यी लाशहरू उनको राज्यका होईनन् ।

उनले भने, ‘हामीले घाटमा एकजना चौकीदार नियुक्त गरेका छौँ, ताकि त्यहाँ लाशहरुको अन्तिमसंस्कार गर्न सकियोस् । यी लाशहरु उत्तर प्रदेशबाट आउँदैछन् र यहाँ किनारमा पुगेका छन् ।

उत्तर प्रदेशका लाशहरु यहाँ पुग्न रोक्ने कुनै उपाय छैन, त्यसैले हामी उनीहरुलाई निकाल्ने व्यवस्था पनि गर्दैछौं ।’ चौसा प्रखण्डका बीडीओ र अञ्चल अधिकारीको रेखदेखमा सबै लाशलाई जेसीबीले खनेर एकसाथ राखिएको छ ।

जिल्लाधिकारीले परीक्षणपछि सम्मानजनक अन्तिम संस्कारको कुरा गरे तर घटनास्थलमा त्यस प्रकारको केही पनि देखिएको छैन । लाशको व्यवस्थापन गर्नेहरूलाई पीपीई किट पनि दिइएन् ।

व्यबस्थापन गर्ने व्यक्तिले भने, ‘करीव ४० वटा लाशहरु निकालिएको छ । अझै त्यतीँ नै लाशहरु बाँकी छन् ।’ महामारीका कारण चौसा घाटको अवस्था दयनीय भएको स्थानीय निवासी नरेन्द्र कुमार मौर्यले जानकारी गराएका छन् ।

उनले भने, ‘दैनिक १०० देखि २०० मानिसहरु यहाँ आउँछन् कोरोना संक्रमणका कारण र दाउराको अभावका कारण उनीहरूले लाश गंगामा फ्याँकिदिए, जसका कारण कोरोना संक्रमण फैलिने डर छ ।’

स्थानीय जनताका अनुसार प्रशासनले त्यहाँ कुनै पनि व्यवस्था गरेको छैन । बक्सरका सदर एसडीओका केडी उपाध्यायले पनि भने, ‘यी लाशहरू उत्तर प्रदेशबाट नभएर बिहारबाट आएका हुनसक्छन्, किनकि हाम्रोमा लाश अन्तिम संस्कारका लागि आगो प्रयोग गर्ने परम्परा छ ।’ यद्यपि स्थानीय व्यक्तिहरू यसलाई प्रशासनको असफलताको रूपमा वर्णन गरिरहेका छन् ।

नेपालको सीमा क्षेत्रका राज्यमा संक्रमण भयावह हुँदा किन नियन्त्रणमा भारतको चासो छैन ?

भारतले धेरै वटा राज्यमा कोरोना संक्रमण नियन्त्रणमा लिँदैछ । राजनीति दिल्लीमा समेत संक्रमणको ग्राफ घटेको छ । तर नेपाली सीमा क्षेत्रका बिहार, उत्तर प्रदेश राज्यहरुमा संक्रमण झनै तिव्र छ । उसले नेपालमा फैलियोस् भनेर त्यहाँ वास्ता नगरेको सीमा क्षेत्रका नागरिकको गुनासो छ । नेपालले सीमाना अझै कडाई गरिदियोस् भन्ने सीमा क्षेत्रका नागरिकको माग छ । News Source 

सम्बन्धित खबरहरु