काठमाडौ । कोरोना कालमा मानिसहरुले अनेक तरिका लगाएर विवाह गरिरहेका छन् । यो बीचमा भारत, उत्तर प्रदेशमा जे भयो त्यसले सबैलाई हैरान बनाएको छ ।

त्यहाँको महोबाबाट आएको समाचार अनुसार जन्ती लिएर दुलही लिन गएका एक जना रित्तो फर्कनु पर्यो । खबर यो छ कि दुलही दुलाहा शिक्षित नभएको भन्दै बिहे गर्न राजी नभएकी हुन् ।

बेहुलाको पढाई कस्तो छ भनेर परीक्षण पनि गरिएको खुल्न आएको छ । विवाह समारोहमा जयमालको समारोहभन्दा ठीक पहिले दुलहीले दुलहालाई २ को गुणा गर्न लगाइन् ।

तर जब दुलहाले २ को गुणा गर्न सकेनन् तब दुलही मण्डपबाट उडेर हिडेकी हुन् । जानकारी अनुसार महोबाको खरेला प्रहरी चौकीमा बस्ने ति युवत्तीको विवाह ३० अप्रिलमा हुनुपर्ने थियो । विवाहका लागि पानवाडी प्रहरी चौकी क्षेत्रबाट जन्ती त्यहाँ पुग्यो ।

त्यस समयमा, दुलाहको परिवारले जन्तीको राम्रो हेरचाह गरे । तर विवाहमा जयमालको समारोहभन्दा ठीक पहिले दुलहीले दुलाहलाई २ को गुणान सुनाउन लगाइन् । केटीको त्यस्तो व्यवहारले केटा पक्षका मानिसहरू पनि अनौठो स्थितिमा देखिए ।

तर हद तब पार भयो जब दुलहाले दुलहीको प्रश्नको बाबजुद गुणान सुनाउन सकेनन् । पछि रिसाएर दुलहीले विवाह गर्न अस्वीकार गरेकी हुन् । दुलहीको उक्त निर्णय पछि दुई परिवारका बीचमा मतभेदको स्थिति उत्पन्न भयो ।

दुई पक्षबीच भएको विवाद प्रहरी चौकीसम्म पुग्यो । केटापक्षले बेहुलीलाई फकाउन धेरै प्रयास गर्यो तर सफल हुन सकेन् । यति मात्र होइन, दुलही पक्षका मानिसहरूले केटा पक्षका परिवारलाई झूट बोलेर बिहे गर्न खोजेको आरोप लगाएका छन् ।

उनीहरुले विवाह गर्नका लागि नै झुट बोल्ने जुक्ति निकालेको आरोप लगाएका छन् । यसैले विवाहमा खर्च गरेको पैसा फिर्ता दिन पनि उनीहरुले माग गरेका छन् ।

विवाद बढेपछि एसएचओ विनोद कुमारले हस्तक्षेप गरी दुई परिवारका मानिसबीच सम्झौता गर्दिएका छन् । कुराकानीमा यो पनि निर्णय गरियो कि दुबै पक्षले एक अर्काले दिएका सबै उपहार र गहनाहरू फिर्ता गर्नेछन् ।

यस बाहेक, अहिले कसैले पनि उजुरी दर्ता गरेको छैन । समाचार तयार पर्दासम्म बेहुला बन्न लागेका युवक अझै पनि गुणान सुनाउन सकिरहेका छैनन् ।

 

सम्बन्धित खबरहरु