काठमाडौ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालय र्कीतिपुरले देशभरका क्याम्पसहरुलाई एक सूचना जारी गरेको छ । सम्बन्धन नविकरण सम्बन्धी सूचना जारी गर्दै नियम पूरा गर्न भनेको छ ।

सूचनामा भनिएको छ त्रिभुवन विश्वविद्यालयबाट त्रि.वि. शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम ३८० बमोजिम सम्बन्धन प्राप्त क्याम्पसहरुले बढीमा २ बर्षका लागि मात्र अस्थायी सम्बन्धन प्राप्त गरेको हुँदा अस्थायी सम्बन्धनको अवधि समाप्त भएपछि प्रत्येक २ / २ बर्षमा सम्बन्धन नविकरण गर्नुपर्ने कानूनी व्यबस्था भएकोमा

विभिन्न कारणले नविकरण गर्न बाँकी रहेका यस शिक्षाशास्त्र संकाय अन्र्तगत बि.एड. र एम. एड कार्यक्रम सञ्चालन गरिरहेका सामुदायिक तथा निजी क्याम्पसहरुले त्रि.वि. कार्यकारी परिषद्को मिति २०७८ वैशाख १३ गते को निर्णयानुसार तपसिल बमोजिमको नविकरण दस्तुर यस संकायको कीर्तिपुर स्थित नेपाल बैक च.हि.नं. ०४५००१०००९९०४३०००००१ मा बुझाई २०७८ जेष्ठ २० गतेसम्म अनिवार्य रुपमा नविकरणका निमित्त आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

नविकरण शुल्क तलको सूचनामा हेर्नुहोला ।

 

सम्बन्धित खबरहरु