काठमाडौं । अहिले मुलुक कोरोना भाइरस (कोभिड–१९) को दोस्रो चरणको महामारीमा रहेको छ । तर धनाढ्य युवा युवतीको जुवाडे ग्याङलाई त्यसको प्रभाव परेको देखिदैँन् । उनीहरु जसरी भए पनि एक ठाउँमा जम्मा भएर नियमित जुवा खेलिरहेका छन् ।

तर अब उनीहरुका लागि मुस्किल बढेको छ । त्यस्ता व्यक्तिहरु प्रहरीको रडारमा छन् । महानगरीय प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरीले त्यस्तो कार्यमा संलग्न केहीलाई समातेको हो । मंगलबार १० लाख ९७ हजार नगदसहित २५ जना जुवाडेहरू समातिएका हुन् ।

जुवाको खालबाट पक्राउ पर्नेमा युवतीहरू पनि रहेको जानकारी दिइएको छ । काठमाडौं महानगरपालिका–१६ बहती पोखरीस्थित फेवा दर्शन होटलबाट २५ जना जुवाडे समातिएका हुन् । पक्राउ पर्नेहरुमा होटल सञ्चालक पिताम्वर गौतमसहित अन्य रहेका छन् ।

पक्राउ परेकाहरूको साथबाट ३० बुक तास, तास खेल्न प्रयोग गरिएको ५० वटा क्वाइन समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यकर कारबाही शुरु गरिएको छ । पक्राउ पर्नेहरुको नामवली तल दिइएको छः

  1. काठमाडौं–१६ बस्ने होटल सञ्चालक पिताम्वर गौतम
  2. भारतको ओडिसा घर भइ काठमाडौंको लगनटोल बस्ने ४८ वर्षीय कानु प्रधान
  3. काठमाडौं–१६ बस्ने ३७ वर्षीया रञ्जना ढकाल
  4. काभ्रेको बनेपा घर भइ काठमाडौंको नयाँबजार बस्ने ४७ वर्षीय पुरुषोत्तम न्यौपाने
  5. महोत्तरीको लोरपटि–२ घर भइ काठमाडौं बस्ने ३८ वर्षीय मनोजकुमार मण्डल
  6. बझाङको दुर्गाथली गाउँपालिका–७ घर भइ काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय उमेश विक
  7. काभ्रेको पाँचखाल–३ घर भइ काठमाडौंको सीतापाइला बस्ने ४५ वर्षीय ४५ वर्षीय विजय कार्की
  8. चितवनको भरतपुर–११ घर भइ काठमाडौं–७ बस्ने ४७ वर्षीय जगतबहादुर गुरुङ
  9. मोरङको कानेपोखरी गाउँपालिका–२ भर भइ काठमाडौं–२६ बस्ने ४० वर्षीय नवीन्द्रकुमार गुरुङ
  10. सिन्धुपाल्चोक घर काठमाडौं–४ बस्ने ५ वर्षीय ज्योतिप्रकाश श्रेष्ठ
  11. मकवानपुरको टिष्टुङ घर भइ काठमाडौंको चन्द्रगिरी बस्ने–३७ वर्षीय बिर्खबहादुर थिङ
  12. धादिङको रोराङ गाउँपालिका–२ घर भइ काठमाडौं–२९ बस्ने ३५ वर्षीय पदमबहादुर तामाङ
  13. ललितपरको लगनखेल बस्ने ४२ वर्षीय शंखर माली
  14. भक्तपुरको चाँगुनारायण बस्ने ४० वर्षीय रामेश्वर गौतम
  15. मकवानपुरको हेटौंडा घर भइ काठमाडौंको म्हेपी बस्ने २६ वर्षीय रामकृष्ण वाइवा
  16. दोखलाको जिरि–७ घर भइ काठमाडौं–१६ बस्ने २८ वर्षीय छिरिङ शेर्पा
  17. काभ्रेको रोशी गाउँपालिका–१ ३र भइ काठमाडौं–६ बस्ने ३३ वर्षीय मिनसाङ लामा
  18. ललितपुर महानगरपालिका–४ बस्ने ३० वर्षीय अनिल सेढाइँ
  19. काठमाडौंको तार्केश्वर–११ बस्ने ५५ वर्षीय राम अधिकारी
  20. मुगु घर काठमाडौं–४ बस्ने ३७ वर्षीय तेञ्जिङ लामा
  21. काठमाडौं–१६ बस्ने ३८ वर्षीय ग्यालछेल लामा
  22. नवलपरासीको बर्दघाट–१२ घर भइ काठमाडौं–२६ बस्ने ३५ वर्षीय छिरिङ लामा
  23. ललितपुरको लुभु बस्ने ३८ वर्षीया ज्योति थापा
  24. सल्यानको कालिमाटी गाउँपालिका–३ भर भइ काठमाडौंको नागार्जुन–३ बस्ने ४० वर्षीय बलबहादुर राउत

सम्बन्धित खबरहरु