काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएपछि बहुमतको सरकार गठन गर्ने तयारीमा रहेकाहरु निराश भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा दलको समर्थनमा सरकार गठन गर्न दिएको समय आज समाप्त हुँदैछ ।

कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुग्नु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निराश भएर फर्किनु भएको हो । कांग्रेसका एक नेताले आफुहरुले कोसिस गरिरहेको पनि बताउनु भएको छ ।

तर बहमुत पुग्ने अवस्थामा देखिएको छैन । यस्तो अवस्थामा कसरी दाबी गर्ने भनेर देउवा र प्रचण्ड निराश भएका हुन् । जसपाको महन्थ ठाकुर पक्ष देउवाले विश्वासमा लिन नसकेपछि समस्या उत्पन्न भएको हो ।

कांग्रेस, माओवादी र जसापको उपेन्द्र यादव पक्षमा जम्मा १२४ जना मात्रै सांसद रहेका छन् । जानकारी अनुसार जसपा अध्यक्ष ठाकुरसँग १६ जना सांसद रहेका छन् । यसरी कांग्रेस सभापति देउवा १३६ मत पाउन असक्षम हुने हुने पक्का भएको हो ।

सम्बन्धित खबरहरु