काठमाडौ, जनबोली न्युज डेस्क ।
प्रधानमन्त्री सुशील कोइराला लगायत अनन्य दलका सभासदहरुले आफुहरु संविधान सभा भित्र असुरक्षित रहेको जानकारी दिए पछि सुरक्षा संयन्त्र कडा पारिएको संसद सचियावालयले जानकारी दिएको छ ।
विपक्षीदलले चेकजाँचले अआफुहरुको मानमर्दन भएको भन्दै कडा विरोध गरेका थिए । संसदभवन भित्र सरसफाईका क्रममा बिहानै १० पोका खुर्सानीको धुलो भेटिए पछि चेकजाँच कडा पारीएको हो ।
विपक्षीको विरोधपछि संविधानसभाका प्रवक्ता मुकुन्द शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीलगायतका केही सदस्यहरुबाट संविधानसभा भवन र सभाकक्षमा नै आफू लगायत सदस्यहरु असुरक्षित रहेको भनी चिन्ता व्यक्त भएकोमा विगतको घटनालाई समेत ध्यानमा राखी सुरक्षा व्यवस्था चुस्त, दुरुस्त रहेको र कुनै पनि सभासदले असुरक्षित महसुस गर्न नपर्ने परिस्थितिसहितको प्रवन्ध मिलाइएको छ ।’
बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला र एमाले संसदीय दलका नेता केपी शर्मा ओलीसँग भएको छफलफलमा सभाध्यक्षले यही जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।
साथै संविधानसभा सचिवालयले सभाध्यक्ष सुवास नेम्वाङ सत्तारुढ दलको बैठकमा सहभागी भएको भनी केही सञ्चारमाध्यमबाट गरिएको प्रचार गलत भएको भन्दै सभाध्यक्षको पहललाई गलत ढंगले अथ्र्याइएको दाबी गरेको छ ।