काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कहरबीच भारतबाट निकै दर्दनाक दृश्यहरु बाहिर आइरहेका छन् । ‘लभ यू जिन्दगी’ गीतमा उफ्रेर हिम्मत र उत्साहको उदाहरण दिईरहेकी एक युवतीले कोरोनासँगको लडाँई हारिन् ।

उक्त गीत गाउँदै दिल्लीको अस्पतालमा एउटा कोठामा कोरोनासँग लड्दै गरेको उनको भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

बाहिर आएको जानकारी अनुसार अब उनले यो संसारबाट विदा लिइसकेकी छिन् । अस्पतालबाट एक भिडियो साझा गर्दै उनले भनेकी थिइन्, ‘जियो तो हर पल ऐसे जियो जैसे कि आखिरी हो ।’ अर्थात, ‘हर पल यसरी बाँच्नुहोस कि तपाईंको अन्तिम पल हो’ भन्ने सन्देश दिने युवतीले बिहीबार कोरोनाविरुद्धको लडाँई हारेकी हुन् ।

https://twitter.com/drmonika_langeh/status/1391062602860482562?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1391062602860482562%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.livehindustan.com%2Fviral-news%2Fstory-love-you-zindagi-girl-death-news-love-u-zindagi-viral-video-fame-girl-dies-due-to-coronavirus-in-delhi-hospital-says-4030181.html

यो जानकारी त्यहाँकी डाक्टर मोनिका लान्गेहले दिएकी छिन् । उनले बिरामीको भिडियो पनि साझा गर्दै आएकी थिइन् । दिल्लीको एक अस्पतालमा कार्यरत डा. मोनिका लान्गेहले ८ मेमा एक भिडियो ट्वीट गरिन् ।

उक्त भिडियोमा ३० वर्षीया युवती अस्पताल बेडमा ‘लभ यू जिन्दगी’ गीत गुनगुनाउँदै गरेकी थिइन् । तर बिहीबार राति उनै डा. मोनिकाले ट्वीटरमा बिरामीको मृत्युको बारेमा खबर साझा गरिन् । उनले भनेकी छिन्, ‘म धेरै दुखी छु ।

https://twitter.com/drmonika_langeh/status/1392871777739575301?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1392871777739575301%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.livehindustan.com%2Fviral-news%2Fstory-love-you-zindagi-girl-death-news-love-u-zindagi-viral-video-fame-girl-dies-due-to-coronavirus-in-delhi-hospital-says-4030181.html

हामीले एक बहादुरी आत्मा गुमायौं । कृपया परिवार र बच्चाहरूको लागि प्रार्थना गर्नुहोस् । ताकि उनीहरु यो पीडालाई सहन गर्न सकुन् ।’ यस अघि ति बिरामीको भिडियो साझा गर्दै मोनिकाले सूचना दिएकी थिइन कि मृतक केटी ३० वर्षकी थिइन् ।

उनको अवस्था नाजुक थियो, तर आईसीयू दिन सकिएन । उनको कोभिड आपतकालिन कक्षमा उपचार सुरु गरियो । विगत १० दिनदेखि उनको उपचार भइरहेको थियो ।

उनलाई एनआईभी सर्पोटमा राखिएको थियो । उनलाई रेमेडिसिभिर पनि दिइयो, प्लाज्मा थेरापी पनि दिइएको थियो । डाक्टरका अनुसार केटीको इच्छाशक्ति एकदम बलियो थियो । उनले केटीलाई मृत्यु भन्दा अघि एउटा गीत गाउन अनुरोध गरिन् ।

जुन उनले स्वीकार गरिन् । १० मेमा डा. मोनिकाले ट्वीट गर्दै केटीले आईसीयू बेड पाएको तर अवस्था स्थिर नभएको जानकारी दिएकी थिइन् । अन्ततः ती केटीले यो संसार छोडेर गइन् । जब उनको भिडियो आयो तब उनको सकारात्मक सोच देखेर धेरै मानिसहरु तारिफ गर्दै थिए ।

 

सम्बन्धित खबरहरु