काठमाडौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो खोप लगाउन फारम भर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकलाई स्वैच्छिक फारम भर्न आग्रह गरेको हो । कोभिडको खोप लगाउन चाहने व्यक्तिले स्वैच्छिक दर्ता फारम https://vaccine.mohp.gov.np/ साइटबाट भर्न सकिने स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ ।

यो स्वैच्छिक व्यक्तिगत दर्ता फारम हो र यो दर्ता फारम हालसम्म खोप नलगाएका १८ वर्ष र सो माथिका व्यक्तिहरूले भर्न सक्नेछन्, स्वास्थ्य मन्त्रालयले भनेको छ, यो दर्ता फारमबाट प्राप्त विवरणले पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन गर्नका लागि सहज हुनेछ ।

यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने नहुने मन्त्रालयले स्पष्ट पारेको छ । तर जहाँ रोज्नुहुन्छ त्यहाँ तपाईको भागको खोप पठाउन सजिलो हुन्छ । सरकारले सबै नागरिकलाई खोप लगाउने योजना बनाएको छ । फारम भरेको खण्डमा एकदिन अवश्य मिल्नेछ ।

सम्बन्धित खबरहरु