काठमाडौ । आजदेखि चिनियाँ खोप भेरो सेल लगाइँदैछ । यो खोप लगाएकाहरुले दोस्रो डोज लगाउन पाउने भएका हुन् । जेठ ११ गतेसम्म चल्ने खोप अभियानमा चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो डोज खोप लगाएकाहरू सहभागी हुन पाउनेछन् ।

यसकालागि काठमाडौं भित्रका नगरपालिका र महानगरपालिकाको ३३ वटै वडामा ५० वटा खोप केन्द्र तय गरिएको छ ।

अहिले यहाँ खोप लगाइँदैछ । वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । चन्द्रागिरि नगरपालिकामा ३ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ ।

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका बाहिर कीर्तिपुर नगरपालिकामा नयाँबजार गेट र बुँगाउँमा रहेको राराहिल मेमोरियल स्कुलमा गरी २ ठाउँमा खोप केन्द्र तोकिएको छ ।

महानगरका सबै वडामागरी जम्मा ५० ठाउँमा खोप लगाइँदैछ । आफूलाई नजिक पर्ने काठमाडौ भित्र बस्ने जो कोही यो खोप लगाउन जान पाउनुहुनेछ ।

काठमाडौं बुढानीलकण्ठ नगरपालिकाको २ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको २ ठाउँ, टोखामा २ ठाउँ र नागार्जुन नगरपालिकाको २ ठाउँमा जेठ ११ गतेसम्म दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यसबाहेक कागेश्वरी मनहरा, दक्षिणकाली, तारकेश्वर र शंकरापुर नगरपालिकाको एकएक ठाउँमा कोरोना खोपको केन्द्र तोकिएको छ । काठमाडौंको कुन ठाउँमा खोप लगाइँदैछ भन्नेबारेमा सूची तल उल्लेख गरिएको छ ।

सम्बन्धित खबरहरु