काठमाडौं । आजका दिनमा इजरायल–प्यालेस्टिन द्वन्द्वलाई लिएर विश्व तीन भागमा विभाजित भएको छ । एकथरी मानिसहरु यसलाई सही भनिरहेका छन् भने अर्काथरी गलत हो भन्दैछन् ।

तर दुवै पक्ष गलत भएको भन्नेहरु पनि उत्तिकै छन् । यो बीचमा हालै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो पक्षमा खुलेरै आएका देशहरुको सुची सार्वजनिक गरेका छन् । उनले उग्रवादी संगनहरूबिरूद्ध दृढ भई खडा भएर इजरायलको रक्षाको अधिकारलाई समर्थन गरेकोमा धन्यबाद भन्दै अमेरिकासहित अन्य दुई दर्जन देशहरुको नाम सार्वजनिक गरेका हुन् ।

यस लडाँईमा अहिलेसम्म गाजा पट्टीमा ४१ बालबालिकासहित कम्तीमा १४९ जनाको ज्यान गएको छ । करीव ९५० जना घाइते भएका खबरहरु आएका छन् । वेस्ट बैंकमा इजरायली सेनाले कम्तिमा १० जना प्यालेस्टिनीको ज्यान लिएको छ ।

यता हमाससहितका उग्रवादी संगठनहरुको कारबाहीमा इजरायलमा कम्तिमा १० व्यक्तिको पनि मृत्यु भएको बताइएको छ । यी हुन् इजरायललाई समर्थन गर्ने देशहरु

  • संयुक्त राज्य अमेरिका
  • अल्बानिया
  • अष्ट्रेलिया
  • अस्ट्रिया
  • बोस्निया र हर्जेगोविना
  • ब्राजिल
  • बुल्गारिया
  • क्यानडा
  • कोलम्बिया
  • साइप्रस
  • चेक गणतन्त्र
  • जर्जिया
  • जर्मनी
  • ग्वाटेमाला
  • होन्डुरस
  • हङ्गेरी
  • इटाली
  • लिथुआनिया
  • मोल्डोभा
  • नेदरल्याण्ड्स
  • म्यासेडोनिया
  • पराग्वे
  • स्लोभेनिया
  • युक्रेन
  • उरुग्वे

सम्बन्धित खबरहरु