काठमाडौं । कोरोना संक्रमणका कारण भारतीय कांग्रेसका राज्यसभा सांसद राजीव सातवको निधन भएको छ । उनी लामो समयदेखि कोरोनासँग लडाँई लड्दै थिए । तर ४६ वर्षको उमेरमा उनले यो संसार छोडेका छन् । २२ अप्रिलमा, राजीव सतवाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसपछि उनी अस्पतालमा भर्ना भए । पछिल्लो केही दिनदेखि उनको स्वास्थ्य लगातार बिग्रँदै गएका रिर्पोटहरु आइरहेका थिए । उनमा कोरोनाका हल्का लक्षणहरू देखिएपछि परीक्षण गरिएको थियो । उनको कोरोना रिपोर्ट २२ अप्रिलमा आएको थियो ।

उनलाई अस्पतालमा भर्ना गरियो । बीचमा उनको अवस्था सुधार भइरहेको थियो । तर पछिल्ला केही दिनहरुमा उनको स्वास्थ्य बिग्रँन थालेको थियो । अन्ततः राजीव सतवले कोरोना बिरूद्धको लडाँईमा पराजित हुनुपर्यो । राजीव सातवको निधनमा शोक व्यक्त गर्दै कांग्रेस पूर्वअध्यक्ष एवं सांसद राहुल गान्धीले ट्वीट गरेका छन ।

उनले भनेका छन, ‘मेरो साथी राजीव सातवलाई गुमाउँदा मलाई धेरै दुस्ख लागेको छ । उनी महान क्षमता भएका नेता थिए, जसले कंग्रेसको आदर्शलाई मूर्तरूप दिए । यो हामी सबैको लागि ठूलो क्षति हो । परिवारप्रति मेरो समवेदना र प्रेम ।’

यसैबीच, कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राले पनि उनको निधनमा शोक व्यक्त गरेकी छिन् । प्रियंकाले ट्वीटमा भनेकी छिन्, ‘हामीले राजीव सातवको रूपमा प्रतिभाशाली साथि गुमायौं ।

उनको मनको सफा, इमान्दार, कांग्रेसको आदर्शप्रति प्रतिबद्ध र भारतीयप्रति समर्पित थिए । मसँग कुनै शब्द छैन । बस उनकी पत्नी र बच्चाहरुको लागी प्रार्थना गर्छु । उनीहरूलाई अगाडी बढ्ने शक्ति मिलोस् ।’

https://twitter.com/RahulGandhi/status/1393788232849108993

 

सम्बन्धित खबरहरु