काठमाडौ । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता सुरु भएको छ ।

शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनको जिम्मेवारी दिएको छ । नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो ।

तस्विर : उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेको फेसबुकबाट ।

तर हाल बनाइएको नेतृत्व, नेकपा माओवादी केन्द्रकबाट आएका नेता तथा कार्यकर्ता व्यबस्थापन हुनेगरी निर्णय लिन एक कार्यदल बनाउने सहमति छ । कार्यदलको टुंगो दुई नेताले लगाउनेछन् ।

उक्त सहमति कार्यान्वयनको प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्ने सहमति भएको थियो । कार्यदलका सदस्यहरु ओली र नेपालले आजै टुंगो लगाउँने बुझिएको छ । बैठक अहिलेपनि जारी छ ।

सम्बन्धित खबरहरु