काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच वार्ता भएको छ । यता सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधबकुमार नेपालपनि वार्तामा जुटेका बेला उनीहरुपनि वार्तामा जोडिएका हुन् ।

ओली र नेपाल सिंहदरबारमा वार्तामा जुटेका बेला महन्थ र यादव पार्टी कार्यालय बालकुमारीमा एकैठाउँ भए । यी दुई अध्यक्षबीच पार्टीमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल भएको छ । प्रधानमन्त्री चयनको विषयलाई लिएर जसपामा दुई धार देखिएको थियो ।

पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई सहयोग गरेका छन् भने ठाकुर र महतोकै कारणले ओलीको निरन्तरता सम्भव देखिएको भन्दै खुशीयाली मनाइएको छ ।

संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव ओलीलाई विस्थापित गर्ने पक्षमा विपक्षमा उभिएर विपक्षीको सरकार बनाउन कसरत समेत गरेका थिए । अबपनि ओलीलाई दोस्रो पटक विश्वासको मत लिन नसक्ने बनाउँने र संविधानको धारा ७६ (५) अनुसार आफ्ना नेता डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनेगरी उनीहरुले छलफल चलाएका छन् ।

यसले भारतको एजेण्डा नै यही हो की भनेर ओली पक्ष समेत झस्किएको छ । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्र्फटेबल सरकार बनाउँने जसमा बाबुरामपनि हुनसक्ने भनेका थिए । यसमा देउवापनि चुप बसेका छन् ।

यता सत्ता समिकरणको जोडघटा चलिरहेका बेला बाबुराम भारतमा बसेका थिए । यही खेल पूरा गर्नका लागि विपक्षीलाई संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन असफल बनाउँन जसपाको एउटा पक्ष तटस्थ बस्ने निर्णयमा पुगेको थियो ।

यो रणनीति थाहा पाएर कांग्रेसले एमालेसँग मिलेरपनि सरकार बनाउँन सक्छ भनेर उनीहरुले एउटा समूह देउवा माओवादी निकट देखाए । अन्तिम समयसम्म प्रयास गरेजस्तो गर्न डा. भट्टराई र यादवलाई लगाईयो । अन्तिममा चुनावी बेला महन्थहरुको समूह तटस्थ नै बसिदियो ।

आँकलन गर्नपनि सकिन्छ की यदी ओलीलाई समर्थन गर्ने भए उनीहरुले ओलीलाई मत दिन्छौ भन्ने निर्णय लिनसक्थे । उनीहरुको निर्णयको दवावका कारण एमाले नेता माधव कुमार नेपाल समुहपनि उपस्थित हुन्थ्यो ।

तर सत्तारुढ दल वा ठूलो दलले पाउने र विपक्षीले पाउने अधिकार समेत खोसेर अब संविधानको धारा ७६ (५) अनुसार संसदको कुनैपनि सांसदले प्रधानमन्त्री दावी गर्न पाउने अधिकारलाई प्रयोग गर्नेमा जसपाको रणनीति छ ।

यो रणनीतिमा भारत र नेकपा माओवादी केन्द्रको साथ रहेको बुझिन्छ । अन्तिममा नेपाली कांग्रेसलेपनि ओलीविनाको सरकार परिकल्पना गरेका कारण डा. भट्टराईलाई समर्थन गर्न बाध्य हुनेछ । किनकी कांग्रेसको उपसभापति रामचन्द्र पौडेल समूहको रणनीति नै यही छ । यो रणनीतिमा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नै चकित हुनेछन् ।

यो खेलमा एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समेत भाग छ । उनीहरुको अहिलेपनि माओवादी अध्यक्ष प्रचण्डसँग नियमित कुराकानी भइरहेको छ । उनीहरुपनि ओलीलाई एक पटक असफल बनाएपछि नै मात्र पार्टीमा समान हैसियत बनाउन सकिने अन्यथा ओलीले कुनै मुल्य नदिने भएकाले यो खेल खेल्न उनीहरुपनि चाहान्छन् ।

स्रोतले बन्यो माधवकुमार नेपाल समूह अहिले खेल खेल्न मात्र नजिक पुगेको छ । अहिले नै पार्टी भित्रको भागवण्डा टुंगो लगाउने पक्षमा छैन । कम्तिमा ३० दिन पर्खिएर ओलीलाई विश्वासको मत लिन नसक्ने पसिना फुटाउने अवस्था सृजना गरेर त्यसपछि ओलीको पराजित मनासयमा मात्र पार्टी भित्र भागवण्डा खोज्ने रणनीति उसको छ ।

सम्बन्धित खबरहरु