काठमाडौं । अहिले मान्छेहरु खाना छोडेर मोबाइलमा झुम्मिएका हुन्छन् । कहिलेकाँही त्यस्तो बानीले नसोचेका दुर्घटना पनि निम्त्यिाउने गर्दछ । यस्तै एक भिडियो सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेको छ ।

मोबाइलप्रेमीहरुले अनिवार्य हेर्नुपर्ने भिडियो सार्वजनिक भएको हो । यो भिडियो हेरेर तपाई आफ्नो हाँसो रोक्न सक्नुहुन्न । भाइरल भिडियोमा देख्न सकिन्छ, एक मानिस पानीले भरिएको सडकमा मोबाइल चलाउँदै अगाडि बढ्दैछन् ।

जब उनी अलिक टाढा पुग्छन्, एकाएक गहिरो खाडलमा खस्छन् । तर त्यस समयमा पनि, उनले आफ्नो मोबाइल समातेका थिए । आफुलाई भन्दा मोबाइल बचाउनमा उनको कोशिश बढ्ता देखिन्छ ।

धेरै व्यक्तिहरूले यस भिडियोलाई हेर्दै हाँसो रोक्न सकिरहेका छैनन् । यो भिडियो कस्को हो ? कहाँको हो भन्ने कुरा खुलेको छैन् । यसबाट मानिसहरुले हिड्दै गर्दा वा सवारीसाधन चलाउँदै गर्दा तपाईंले मोबाईल चलाउनु हुँदैन् । यो सबैका लागि खतरनाक साबित हुन सक्छ ।

 

सम्बन्धित खबरहरु