काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रधामन्त्री केपी शर्मा ओलीले सपथ ग्रहणका क्रममा गम्भीर त्रुटी गरेको ठोकुवा गरेको छ । उसले त्यो त्रुटी मात्र मान्न सकिन्न राष्ट्रपतिमाथीको घोर अपमान हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले त्यो सपथग्रहण बदर गरेर पुनः लिन माग गरेका छन् ।

एक विज्ञप्ति निकाल्दै उनले भनेका छन् सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने शब्दमा राष्ट्रपतिले प्रतिज्ञा गर्दछु भन्ने शब्द दोहोर्याउँदा समेत प्रधानमन्त्रीले त्यो पर्दैन भनेको उल्लेख गरेका छन् ।

प्रतिज्ञा भन्ने शब्द नै प्रतिवद्धता भएकाले जनतालाई प्रतिज्ञा नगर्ने प्रधानमन्त्री हुनै नसक्ने भन्दै पुनः गर्न उनले भनेका छन् ।

 

सम्बन्धित खबरहरु