protest-on-ca-16काठमाडौ, जनबोली न्युज डेस्क । विपक्षी सभासदले संबिधानसभाको बैठक सुरु नहुँदै नाराबाजी गरेर राष्ट्रम घेराउ गरेका छन् । बैठकमा राष्ट्रिय धुन बजेर सभाध्यक्षले सभा सुरु भएको घेाषणा गर्नुअघि नै विपक्षीले नाराबाजी सुरु गरेका हुन् ।

आज प्रश्नावली समिति प्रस्ताव पेश गर्ने कार्य सुची छलफल गर्न बैठक बस्न नपाउँदै विपक्षीहरु नाराबाजीमा लागेका हुन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु रोष्ट्रम अघि पुगेर नाराबाजी गरिरहेका छन् । सभामुख सुवास नेम्वाङ विपक्षीको नारावाजी सुनेर बसेका छन् । ठूलो संख्यामा खटिएका मर्यादापालकले विपक्षी दललाई रोस्टम अगाडि घेराबन्दी गरेका छन् ।

ओली  बाहिरिए

एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली संविधानसभा बैठकबाट बाहिरिएका छन् । एमाओवादी, मधेसी मोर्चा लगायतका विपक्षीको नारावाजीले संविधानसभाको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकिरहेको बेला ओली बाहिरिएका हुन् । बाहिरदैगर्दा ओलीले देशले थप दुःख पाउने अवस्था आएको बताए । उनले एमाओवादीले संविधान बनाउन नचाहेको आरोप लगाए ।  ‘माओवादीजस्तो दल संविधानसभामा भएपछि, देशले दुःख त पाउने नै भो नि,’ ओलीले भने ।  विपक्षीले लगातार एक घण्टादेखि रोस्टम अगाडि नारावाजी गरिरहेका छन् ।

सम्बन्धित खबरहरु