काठमाडौं । चर्चित बलिउड अभिनेताको मृत्यु भएको खबरले सबैलाई स्तब्ध हैन हैरान बनाएको छ किनकी त्यो फेक हो । कोरोना महामारीको बीचमा धेरै सेलिब्रेटीहरूको मृत्युको गलत समाचार फैलिन थालेको छ । अब बलिउड अभिनेता परेश रावलबारे एउटा पोस्ट भाइरल भएको छ ।

उनले हालै एक तस्विर साझा गरेका थिए, जसमा उनलाई श्रद्धाञ्जली दिइएको थियो । उनले यसमा एक हास्यास्पद टिप्पणी पनि गरेका छन् । उनका फ्यानहरू पनि यस पोष्टमा उनीहरूको मिम्स सेयर गरेर रमाईलो गरिरहेका छन् । परेश रावलले उनको फ्रेम गरिएको तस्विर लगाएका छन् ।

यो सँगै लेखिएको छ, ‘१४–०५–२०२१ बिहान ७ः०० बजे फिल्म उद्योगको एक हिस्सा परेश रावलको मृत्यु भयो ।’ बलिरहेको बत्ती वा मैनबत्तीको साथ, श्रद्धाञ्जली दिइएको छ ।

त्यसमा थप भनिएको छ, ‘धेरै दुःखको साथ जानकारी गरिएको छ कि परेश रावल जी अब फिल्म जगतको एक हिस्सा रहेनन् ।’ परेश रावलले यस पोष्टका साथ टिप्पणी गरेका हुन् ।

उनले भनेका छन, ‘गलत जानकारीका लागि माफ गर्नुहोस् किनकि म बेलुका ७ पछि सुतेको थिए ।’ यसअघिको ‘रामायण’ मा रावणको भूमिका निर्वाह गर्ने अरविन्द त्रिवेदीको मृत्युको गलत खबर फैलिएको थियो ।

धारावाहिकमा लक्ष्मणको भूमिका निर्वाह गरेका सुनील लाहिरीले यसलाई इन्कार गरेका थिए । त्यतिखेर, ‘महाभारत’ मा भीष्म पितामहको भूमिका निभाउने मुकेश खन्नाको मृत्युको खबर पनि आगो झैं फैलिएको थियो । मुकेश खन्ना आफैंले यसलाई अस्वीकार गरेका थिए ।

 

सम्बन्धित खबरहरु