काठमाडौं । कोरोना महामारीका कारण रोकिएका परीक्षालाई लिएर नयाँ अपडेट आएको छ । काठमाडौं महानगरपालिकाले जुनसुकै प्रक्रिया अपनाएर भए पनि जेठ मसान्त भित्र वार्षिक परीक्षा सक्नु भनेको छ ।

महानगरले विद्यालयहरुलाई यस्तो निर्देशन दिएको हो । महानगरले विद्यालय अनुकूल उपयुक्त मूल्याङ्कन प्रक्रिया अपनाइ विद्यार्थी मूल्याङ्कन गर्न भनेको छ ।

महानगरपालिका शिक्षा विभागले परीक्षा सञ्चालन, नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यही जेठ २० गते भित्र चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सकी मसान्तसम्ममा नतिजा प्रकाशन गर्न निर्देशन जारी गरेको हो ।

विद्यालयलाई शैक्षिक सत्र २०७७ को बार्षिक मूल्याङ्कन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम अनलाइन परीक्षा र अफलाइन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित त्रैमासिक परीक्षा, टेलिफोन, निरन्तर विद्यार्थी मूल्यांकन, इमेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त ढाँचा अपनाइ निर्धारित समयमा मूल्यांकन गर्नु भनिएको छ ।

 

सम्बन्धित खबरहरु