काठमाडौं । भारतीय कांग्रेसका पूर्व अध्यक्ष तथा सांसद राहुल गान्धीले आफुलाई गिरफ्तार गर्न चुनौती दिएका छन् । कोरोना खोपको बारेमा भएको पोस्टर विवाद अब एक राजनीतिक मुद्दा भएको हो ।

कांग्रेस नेता राहुल गान्धी पनि यस मुद्दामा सामेल भएर त्यस्तो बयान दिएका हुन् । आइतवार, उनले ट्वीटरमा पोस्टर साझा गर्दै आफुलाई पनि हिम्मत भए गिरफ्तार गरेर हेर्न भनेका हुन् । पोस्टरमा भनिएको छ, ‘मोदी जी हाम्रा बच्चाहरूको खोप विदेश पठाएको ?’

यससँगै राहुलले लेखेका छन्–मलाई पनि गिरफ्तार गर । राहुलले यसो भनिरहँदा यी पोस्टरहरू टाँस्दै हिडेका २५ जनालाई दिल्ली प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । राहुल गान्धी र कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राले पनि यो पोस्टरलाई ट्विटर ह्यान्डलमा उनीहरूको प्रोफाइल तस्वीर बनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा यी पोस्टरहरू लगाउने २५ जनाविरुद्ध दिल्ली प्रहरीले एफआईआर दर्ता गरेको छ । अधिकारीहरूले भने कि प्रधानमन्त्री मोदीले यी पोस्टरहरूमा कोरोना बिरूद्ध खोप अभियानलाई संकेत गर्दै आलोचना गरेका हुन् ।

पोष्टहरू दिल्लीको धेरै ठाउँमा राखिएका थिए । मोदी सरकारको प्रतिष्ठा खराब बनाउन खोजेको भन्दै प्रहरी एक्शनमा आएको हो ।

https://twitter.com/RahulGandhi/status/1393838860279459840

 

सम्बन्धित खबरहरु