काठमाडौं । सरकारले कोरोना महामारीबीच पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल–मट्टितेल तथा हवाई इन्धन (आन्तरिक उडान)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाइएको हो ।

अब पेट्रोल १ सय २३, डिजेल–मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ ।

निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खबरहरु