काठमाडौ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले एक जरुरी सूचना निकालेको छ ।
भारतमा आइरहेको चक्रवाती आँधीको असर नेपालसम्म पर्ने भन्दै सचेत रहन आपतकालिन सूचना जारी गरेको हो । भारतीय मौसम विभागलेपनि भनेको छ अरब सागर अत्यन्तै उच्च चक्रवाती आँधी उठेको छ । यसले आगामी २४ घण्टा ठूलो रुप लिनेछ ।
आज १६० किलोमीटर प्रति घण्टाको गतिमा यो अघि बढिरहेको छ । यो चाँडै नेपाल आइपुग्नेछ । चक्रवाती आँधीका कारण भारतका अधिकांश क्षेत्र प्रभावित भइरहेका छन् । केही उच्च गतिको हावा त कही मूसलाधारे पानी परिरहेको छ ।
नेपालको आजको अपडेट
मौसम विश्लेषण (Meteorological Analysis): हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली को प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था (Present Weather Status): देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ जेठ ३ गते (सोमबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रही देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ जेठ ४ गने (मंगलबार) दिउँसो: देशभर सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७८ जेठ 5 गने (बुधबार) दिउँसो: देशभर सामान्य बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर सामान्य बदली रहनेछ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि र प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा त मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।