काठमाडौं । आज जेठ ३ अर्थात् मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको २८ औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । आजका दिनमापनि यसलाई आम मानिसले दुर्घटना स्वीकार गर्न सकेका छैनन् ? अधिकांशले यसलाई रहस्यमय निधन नै भनेका छन् ।

मदन र जीवराजलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमाले लगायतले विभिन्न कार्यक्रम गरी स्मरण गर्दैछन् । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।

मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् । तर, २८ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन ।

जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने जीप चालक अमर लामा भने बाँच्न सफल भएका थिए । दुर्घटनाका साक्षी चालक लामाको २०६० सालमा दे'हवा'शन ग'राइ'एपछि घटना रहस्यकै गर्भमा रहेको छ ।

पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेर दुवै नेताको निधन भएको थियो । विचार, वाकपटुता लगायत कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विकास गरेका थिए ।

सम्बन्धित खबरहरु