काठमाडौ । आज जेठ ३ अर्थात् मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवस । आज जननेता मदन भण्डारी र जीवराज आश्रितको निधन भएको २८ बर्ष पुगेको छ । यो अझै रहस्यमय नै छ ।

यसै घटना पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मदन भण्डारी सम्झिदै भने रहस्यमय मृत्युवरण मदनपत्नी राष्ट्रपति र उत्तराधिकारी दावी गर्ने प्रधानमन्त्री भएको बेला निर्क्योल गरौ भनेका छन् ।

उनले लेखेका छन् २०५० जेठ ३ गते दासढुंगामा रहस्यमय मृत्युवरण गर्नुभएका नेताहरू मदन–आश्रितप्रति हार्दिक श्रद्धासुमन । मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दावी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानवीन गरेर त्यो रहस्यको अन्तिम निर्क्योल गरौं । नत्र वहॉहरूको नाउॅमा स्वार्थको रोटी सेक्न छोडौं ।

मदन र जीवराजलाई आफ्नो आदर्श नेता मान्ने नेकपा एमाले लगायतले हरेक बर्ष मृत्यु भएको दिन स्मरण गर्दछन् । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो ।

मदन पत्नी विद्या भण्डारी राष्ट्रपति र उनका समकालीनले यतिबेला सत्ताको बागडोर सम्हालिरहेका छन् । तर, २८ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सतहमा आउन सकेको छैन ।

जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने जीप चालक अमर लामा भने बाँच्न सफल भएका थिए ।

पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेर दुवै नेताको निधन भएको थियो । विचार, वाकपटुता लगायत कारणले चर्चित नेता भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विकास गरेका थिए ।

सम्बन्धित खबरहरु