काठमाडौं । सोमबार बिहान जोडदार भूकम्पको धक्का महसुस गरिएको छ । भारत, गुजरातको सौराष्ट्र क्षेत्रमा ४.५ रेक्टर स्केल परिमाणको भूकम्प गएको हो । भूकम्प विज्ञान राष्ट्रिय केन्द्रले यस्तो जानकारी दिएको छ ।
राज्यको उना र राजुला क्षेत्रमा पनि भूकम्पको अनुभव गरिएको थियो । भूकम्प सोमबार बिहान ३ः५१ बजे महसुस गरिएको हो । समाचार अनुसार भूकम्पको केन्द्र ऊनाबाट ३.५ किलोमिटर पूर्वमा रहेको थियो । कुनै पनि जनधनको क्षति भएकोबारे कुनै जानकारी आएको छैन ।