काठमाडौं । बढ्दो प्रविधिको प्रयोग विकृतीका रुपमा पनि देखिन थालेको छ । यसको सिकार आम मानिसदेखि उच्च पदस्थ पदमा पुगेका व्यक्तिहरु पनि हुने गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापा पनि यसबाट बच्चा सक्नु भएको छैन ।

यस भन्दा पहिले पनि गलत विज्ञप्ति राख्नेदेखि लिएर तस्विर सम्पादन गरेर प्रधानमन्त्रीदेखि अन्य बिशिष्ट नेताहरुको बदनाम गर्ने कामहरु नभएका होईनन् । अझ गज्जबको कुरा त भने यसरी कसैको चरित्रमाथि औंला उठाउन समाचार पनि तयार पार्ने गरिएको छ ।

हालै प्रधानमन्त्री ओलीलाई भारतीय गुप्तचर संस्था र का प्रमुख सामन्त गोयलसँग जोडेर गलत समाचार फैलाइएको थियो । त्यसभन्दा पहिले तत्कालिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल समुहले निकालेको प्रदर्शनमा भारतीय झण्डा देखाएर भ्रम फैलाउन खोजियो ।

अहिले सल्लाहाकार थापा नै यस समस्याबाट ग्रसित हुनु परेको हो । सामाजिक सञ्जालमा उहाँको मृत्युदेखि लिएर अनेक कुरा फैलाइएको छ । हालै यस विषयमा थापाले पनि बोल्नु भएको छ ।

उहाँ लेख्नुहुन्छ, ‘म आइसोलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको छु । ‘युगपुरूष प्रचण्ड’ नामक ग्रुपबाट नै म जिउँदो मान्छेलाई दुष्ट नियतका साथ ‘श्रद्धाञ्जली’ नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य र मुहान झनै छर्लङ्ग भएको छ ।

बैशाख २७ गते र आज माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर मेरो स्टाटसजस्तै गरी म्यासेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गम्भीर ध्यानाकर्षण भएको छ ।

त्यस्ता तत्वहरूलाई तथ्यको आधारमा प्रतिस्पर्धा एवं तर्कको सामना गर्न म चुनौती दिन चाहन्छु । साथै, साइबर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न विशेष जोड दिन चाहन्छु ।’

सम्बन्धित खबरहरु