एजेन्सी । चुरोटको झिल्कोले स्यानिटाइजरलाई टिपेपछि कारमा भीषण आगलागी भएको छ । अमेरिकाको काउन्टी फायर यान्ड रेस्क्युका अनुसार कालो टोयोटा कारमा आगो लागेको हो ।

अहिले अग्निनियन्त्रकहरूले त्यसलाई निभाएका छन् । अमेरिकाको मेरील्यान्डमा कारभित्र बसिरहेका एक व्यक्तिले ओठमा बलिरहेको चुरोट च्यापेर हातमा स्यानिटाइजर दल्दा आगलागी भएको थियो ।

फेडरल प्लाजा शपिङ सेन्टरको पार्किङ लटमा बिहीवार अपराह्न कारमा बलिरहेको चुरोट र स्यानिटाजरको सम्पर्कले ठूलो आगलागी भएको हो ।

हावा राम्ररी आउनजान नपाउने कारभित्र स्यानिटाइजर प्रयोग गर्दै चुरोट खानु अत्यन्तै जोखिम काम हो,’ दमकल विभागका प्रवक्ताले बताए । यसैले अबदेखि कसैले यसो नगर्नु ।

यसैगरी अमेरिकाको मेरील्यान्डमा नै सवारी जाम थियो । छेउको कार चालकले ढोका खोलेर चुरोट खाइरहेको रहेछ । अर्को छेउको कार चालकले स्यानिटाजर निकालेर लगाउन थाल्यो ।

त्यहाँ चुरोटको आगोमा स्यानिटाजर सम्पर्कमा पुग्यो र आगलागी भयो । यसरी आगलागीका घटना धेरै भएको सीसीटिभी फुटेज देखिन थालेपछि मेरील्यान्ड नगर प्रशासनले अति जरुरी सूचना जारी नै गरेको छ ।

 

सम्बन्धित खबरहरु