काठमाडौ । जिरे खुर्सानीका मुख्य पात्र मुखाँ हानु जस्तो थेगोले परिचित बरिष्ठ हास्य कलाकार शिवहरि पौड्यालको स्वास्थ्य अवस्था बिग्रिएको छ । अभिनेता एवं निर्देशकको रुपमा समेत चर्चित पौड्याललाई पनि कोरोना भाइरस पुष्टि भएको थियो ।

घरमै आइसोलेसनमा रहेका पौडेलको स्वास्थ्यमा समस्या सुरु भएपछि अस्पताल भर्ना गरियो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगेर आइसियुमा भर्ना गरिएको थियो ।

राजधानीको नैकापस्थित एपीएफ अस्पतालको आइसियुमा उनको उपचार भैरहेको परिवारका सदस्यले जनाएका छन् । अहिले उनलाई आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गरिएको छ ।

महामारी फैलिएपछि नेपालका थुप्रै कलाकार संक्रमित भएका छन् । केही दिन अघि मदनकृष्ण श्रेष्ठलाई भाइरस पुष्टि भएको थियो ।

८ दिन अस्पताल बसेर घर फर्केका श्रेष्ठलाई घर पुग्नासाथ फेरी स्वास्थयमा समस्या देखिएपछि दोस्रो पटक अस्पताल भर्ना गरिएको छ । उनलाई अझै घर ल्याइएको जानकारी आएको छैन ।

सम्भवत उनी अझै अस्पतालमै छन् । त्यस्तै कलाकार नरेन्द्र महर्जन, रविन्द्र खड्का, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउत, शिल्पा मास्के पनि आइसोलेसनमा छन् । उनीहरुलाई पनि भाइरस पुष्टि भएको हो।

 

सम्बन्धित खबरहरु