धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

देउवाले आइतबार अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा उक्त रकम जम्मा गरेकी हुन् ।

कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट स्थापना र सिलिन्डर खरिद गर्न देउवाले उक्त रकम सहयोग गरेको उनका स्वकीय सचिव प्रकाश देउवाले जानकारी दिए ।

धनगढी उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा यहाँका उद्योगी, व्यवसायी लगायतकाले सहयोग गरिरहेका छन् ।

सम्बन्धित खबरहरु