काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को महामारी नेपालमा उच्च विन्दुमा पुगिरहेका बेला खुसीको खबर आएको छ । भारतले कोभिड १९ विरुद्धको औषधि सार्वजनिक गरेसँगै विश्वभरी नै खुशी छाएको हो । भारतको डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन (डीआरडीओ) ले विकास गरेको औषधि भारत सरकारले आज सार्वजनिक गरेको हो ।

उक्त औषधीले कारोना महामारी विरुद्ध लड्न सहयोग पुग्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवर्धनले कोभिड १९ विरुद्धको २ डिओक्सि–डी–ग्लुकोज नामक औषधि सार्वजनिक गरेको भारतको समाचार संस्था एएनआईले जनाएको छ ।

भारतको डीआरडीओको इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन एण्ड एलाइड साइन्सेजले डा. रेड्डी प्रयोगशालासँगको समन्वयमा औषधि विकास गरेको हो । २ डिजी औषधिको दश हजार डोजको पहिलो ब्याच सार्वजनिक गरिएको छ । धुलोको रुपमा आउने औषधीलाई पानीमा घोलेर खाने गरी तयार गरिएको बताइएको छ । औषधि भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको बृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्नेछ ।

सम्बन्धित खबरहरु