काठमाडौं । नेपाल र भारतमा अहिले अक्सिजनको संकट निरन्र बढ्दै गइरहेको छ । कोरोना संकट केही कम भएजस्तो देखिन्छ । यसै बीच कोरोनाबाटमृत्यु हुनेहरूको संख्या अझ डरलाग्दो भइरहेको छ । कोरोनाको दोस्रो लहरमा बिरामीहरूको फोक्सो सबैभन्दा बढी प्रभावित भएको छ ।

बिरामीहरूले अक्सिजनको नपाउनु अहिलेको मुल समस्या हो । कोरोना महामारीमा अक्सिजनलाई जीवनदायी बनाइएको छ । हाल कुनै पनि अस्पतालमा अक्सिजनको आपूर्ति सञ्जीवनीभन्दा कम छैन् ।

हालै भारतको बोकारोमा अक्सिजनले भरिएको ट्याङ्कर पल्टएको छ । बोकारोबाट भोपाल जाँदै गरेको २२ टन अक्सिजनसहितको ट्याङ्कर सागर जिल्लाको गडकोटा नजिक पल्टिएको अधिकारीहरुले बताएका छन् । ट्याङ्कर पल्टिदा अस्पतालमा रहेका विरामीहरु हताहती भएका छन् ।

आसपासका ५–७ वटा अस्पतालमा अक्सिजन सकिएपछि ट्याङ्कर पठाइएको थियो । ट्याङ्कर नै पल्टिएपछि उक्त अस्पतालहरुमा हाहाकार भएको थियो ।

सम्बन्धित खबरहरु