काठमाडौँ । नेपाली सन्तानले विश्व समुदायमा देश र आफ्नो नाम रोशनी गरिरहेका छन् । नेपाली भनेर विश्व समुदायमा चिनाउने काम गरिरहेका छन् । हालै फेरी अर्की नेपाली छोरी सुकृति शर्मालाई ५ हजार डलर राशीको ब्लूमक्विस्ट पुरस्कार प्राप्त भएको छ ।

‘सत्र पुष्प पत्रहरु’ नामक कथा संग्रहकी लेखक सुकृति शर्मालाई ब्लूमक्विस्ट परिवारिक छात्रवृत्ति कोषले ब्लूमक्विस्ट– २०२१ बर्ष पुरस्कार प्रदान गरेको हो ।

परिवार, विद्यालय र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका फेयरफ्याक्स काउन्टी स्कूल अन्तर्गतका उत्कृष्ट विद्यार्थीहरु मध्येबाट छानिने एक विद्यार्थीलाई बार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कारको राशि ५ हजार डलर छ।

ब्लूमक्विस्ट परिवारिक प्रतिष्ठानले धेरै लामो समय देखि ‘कलेज एक्सेस फेयरफ्याक्सः ओपनिंग डोर टु द फ्युचर’ नामक संस्था मार्फत उक्त पुरस्कार प्रदान गर्दै आइरहेको कुरा कलेज एक्सेस फेयरफ्याक्सद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ।

सुकृतिले आफ्नो भाई साइमनसँग मिलेर लेखेको ‘सत्र पुष्प पत्रहरु’ नामक कथा संग्रह अमाजनमा उल्लेखनिय रुपमा विक्री भइरहेको छ । उक्त पुस्तकलाई फेयरफ्याक्स काउन्टि पुस्तकालयले पाठक सदस्यहरुलाई अध्ययनका लागि आफ्ना सबै २३ वटा शाखामा उपलब्ध गराएको छ।

उक्त पुस्तकबाट उठेको रकम नेपाल र लेबनानस्थित शरणार्थी शिविरहरूमा रहेका बालबालिकाहरूको स्वास्थ्य सेवाका लागि जाने गरेको कुरा सुकृतिले बताउनुभयो ।

भविष्यमा विश्व भरीका बालबालिकाहरूको स्वास्थ्यका लागि आफ्नो जीवन लगानी गर्ने सोच बनाउनुभएकी सुकृतीले सानै उमेरदेखि स्थानीय एबम राष्ट्रिय स्तरका समाचारपत्रहरूमा बालबालिकाहरूको पक्षमा आफ्ना लेखहरु प्रकाशन गर्दै आइरहनुभएको छ ।

को हुन् सुकृति शर्मा

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बाबा, आमाका साथमा सुकृति शर्मा बस्नुहुन्छ । सुकृति शर्मा हाल फेयरफ्याक्स काउन्टीमा १२ कक्षामा अध्ययनरत हुनुहुन्छ भने साइमन शर्मा कक्षा ७ मा पढ्नुहुन्छ । सुकृतिका बिगतका लेखहरु अमेरिकाको राष्ट्रिय स्तरका पत्रिकामा समेत प्रकाशित भएका छन्।। उहाँका लेखले पत्रपत्रिकामा बालबालिकाका मुद्दाहरु सफल रुपमा उठाएका छन ।

अमेरिकी परराष्ट्र मन्त्रालयले उहाँको पुस्तकलाई गत डिसेम्बर महिनाको लागि बुककल्बमा समावेश गरिएको थियो । पिता कृष्ण शर्माकी छोरी सुकृति शर्माले अमेरिकामा सानै उमेरमा राम्रो प्रभाव जमाउन सक्नुभयो ।

सारा विश्व कोविड–१९ को कहरमा नराम्रोसंग जकडिएको परिस्थितिमा नेपाल लगायत अन्यत्र स्थानमा रहेका शरणार्थी शिविरहरूमा स्थित बालबालिकाको स्वास्थ्य एबम शिक्षा सेवाको लागि सहयोग पुर्याउने लक्ष्य हेतु उक्त पुस्तक सार्वजनिक भएको थियो । यो अहिले विश्वभरी चर्चामा छ ।

सम्बन्धित खबरहरु