काठमाडौं । गएको हप्तामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने सबैभन्दा बढी संक्रमित फेला परेका विश्वका २० देशहरुमा नेपाल पनि परेको छ । अर्थात विगत एक हप्तामा नेपालमा कोरोना संक्रमण भयावह तरिकाले फैलिएको हो ।

एएफपीका अनुसार एक हप्तामा सर्वाधिक कोरोना संक्रमित र मृतक भारतमा फेला परको छन् । भारतमा हप्ताभित्र २३ लाख ८७ हजार भन्दा धेरै संक्रमित फेला पर्दा झण्डै २८ हजार ज्यान गुमाउनुपर्यो । ब्राजीलमा ४ लाख ४२ हजार भन्दा धेरै संक्रमित फेला पदा १३ हजार ४१० जनाको मृत्यु भयो ।

संयुक्त राज्य अमेरिकाको कुरा गर्दा हप्ता दिनमा २ लाख ३२ हजार भन्दा धेरै संक्रमित फेला परेका थिए । त्यसमा ४ हजार २१० जनाको मृत्यु भयो । नेपालमा पनि हप्ता दिनभित्र ६० हजार भन्दा धेरै संक्रमित हुँदा १ हजार २८० जनाको मृत्यु भयो ।

दक्षिण एशियाबाट भारत र नेपालबाहेक अरु देशहरुले उक्त सुचीमा छैनन् । अन्य देशहरुमा क्यानाडा, नेदरल्यान्ड, जर्मनी, युक्रेन, इरान, रसिया, जापान, फिलिपिन्स, टर्की, हङ्गेरी, इटली, स्पेन, ब्राजिल, अर्जेन्टिना, चिले, पेरू, कोलोम्बिया रहेका छन् । यी बाहेक इन्डोनेसिया, पोल्यान्ड र मेक्सिकोमा गत हप्तामा मृतकहरुको संख्या एक हजार भन्दा माथि रहेको थियो ।

सम्बन्धित खबरहरु