काठमाडौं । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रवत्ता नारायणकाजी श्रेष्ठ गोरखा लाग्नु भएको छ । उहाँ चिकित्सक, ल्याब टेक्निसिएन र अन्य केही स्वयंसेवकसहित गृह जिल्ला गोरखातर्फ लाग्नु भएको हो ।

उहाँले सामाजिक सञ्जालमार्फत् सो जानकारी दिनु भएको हो । उहाँले केही लक्षण देखापरी शंकास्पद रहेका र कोभिड बिरामीसँग सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट, बिरामीहरुको परीक्षण, आवश्यक परामर्श एव्ं तत्काल सम्भव औषधी प्रदान गर्ने बताउनुभयो । उहाँ लेख्नुहुन्छ :

आज केही दिनका लागि गोरखा हिँडे।
केहीदिन अघि गोरखा गएर डिसिसिएमसिको बैठक,पालिकाका स्वास्थ्य कोर्डिनेटरहरुसंगको सामुहिक छलफल र गोरखा अस्पताल को स्थितिबारे जानाकारी लिदै गोरखामा कोभिड संक्रमणको रोकथाम ,नियन्त्रण र उपचारकाबारेमा तात्कालिक योजना निर्माणमा सहभागी भएर आएको थिएँ । त्यसपछि ।

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा बिभाग समेतको सहयोगमा गोरखा अस्पताल र जिल्ला जनस्वास्थ्य कर्यालयलाई केही स्वास्थ्य सामाग्री उपलभ्ध गराउन सहयोग पुर्याएको थिएँ।तर गोरखाको बिभिन्न ठाँउहरुमा कोभिड संक्रमण अझ बिस्तार भैरहेको र कोभिड हट स्पट बन्दै गैरहेको स्थिति छ ।

अतः आज केही दिनकालागि गोरखा लागें ।चिकित्सक ,ल्याब टेक्निसिएन र अन्य केही स्वयँसेवक साथीहरुको टोली जादैछौँ।हाम्रो टोलीले निम्न कार्यहरु गर्नेछस् केही लक्षण देखापरी शँकास्पद रहेका र कोभिड बिरामी सँग घनिभुत सम्पर्कमा रहेकाहरुको तत्काल एन्टिजेन टेष्ट , बिरामीहरुको परीक्षण ,आवश्यक परामर्श एव्ं तत्काल संभव औषधी ,स्वास्थ्य सस्थाहरुलाई केही स्वास्थ्य सामाग्री हस्तान्तरण र स्थानाीय सराकारका जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग कोभिड केन्दृत छलफल ।

सम्बन्धित खबरहरु