काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को संकट दुर्गा प्रसाईका लागि भने लाभ भएको छ । हुन त उनले यो महामारीबाट नागरिकलाई बचाउन निक्कै ठूलो प्रयास गरे ।

लामो समयदेखि विवादमा रहेको मार्सी भातले चर्चित प्रसाईको बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिने तयारी भएको छ । काठमाडौं विश्वविद्यालय (केयू) ले झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबावमा केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेस्म्म कलेजको निरीक्षण गरेको थियो ।

३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदननका आधाारमा चिकित्सा शिक्षा ऐनको दफा (३) (६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।

उनी तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीलाई घरमा बोलाएर मार्सी भातको खाना ख्वाएको फोटो सामाजिक सञ्जालमा फिजाएर चर्चाको शिखरमा थिए ।

हेर्नुहोस् पत्र

सम्बन्धित खबरहरु