काठमाडौ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भरोसेल ललितपुरमा आगामी जेठ ६ बाट लगाइने भएको छ । खोप लगाउन महानगरपालिकाले कोप केन्द्र समेत तोकेको छ ।

जिल्ला खोप समन्वय तथा अनुगमन समितिको बैठकको निर्णय अनुसार दोश्रो चरणको कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान जेठ ६ गतेबाट सञ्चालन गर्ने तय भएको थियो ।

ललितपुर जिल्लामा पनि हाललाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा भेरोसेलको दोश्रो डोजको खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

जिल्ला खोप समन्वय तथा अुनगन समितिले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । सूचना अनुसार चैत्र २५ गतेदेखि २८ गतेसम्म भेरोसेलको पहिलो खोप लिनेले जेठ ६गते दोश्रो डोज लगाउन पाउनेछन् ।

त्यसैगरी चैत २९ देखि ३१ सम्म पहिलो डोज लिएकाले जेठ ७ गते, बैशाख १ देखि ४ मा लिएकाले ९ गते दोश्रो डोज लिन पाउनेछन् । खोप तपाईको नजिकको स्थानमा गएर लगाउन पाउनुहुनेछ । खोप केन्द्रको सूची यहाँ अपलोड गरिएको छ ।

सम्बन्धित खबरहरु