काठमाडौ । खाडीमा काम गर्ने नेपाली दाजुभाई–दिदिबहिनीहरुले आफ्नो गाँस कटाएर रकम संकलन गरेर राज्यलाई सहयोग स्वरुप अक्सिजन सिलिण्डर किनेर पठाए । तर ललितपुरमा भारी संख्यामा सिलिण्डर बेवारिसे अवस्थामा फेला परेका छन् ।

ललितपुरको मल पोखरीस्थित खाली जग्गामा त्यत्तिकै फालिएको अवस्थामा अक्सिजन सिलिण्डर फेला परेका छन् । मल पोखरीस्थित खाली जग्गामा करिब ३०० थान अक्सिजन सिलिण्डर बेवारिसे अवस्थामा भेटिएको हन्ड्रेड्स ग्रुपका संयोजक अंशु यादवले जानकारी दिए ।

मल पोखरीनजिकै बस्ने एकजना साथाीले सिलिण्डरबारे जानकारी गराएपछि आफूहरू त्यहाँ पुगेको अंशुले बताए । त्यहाँ पुग्दा त्यत्तिकै फालिएको अवस्थामा रहेको उनको भनाइ छ । छरछिमेकमा सोधपुछ गर्दा कोही घरबाट मानिसहरू बाहिर ननिस्केका कारण सिलिण्डर कसको हो भन्ने पत्ता लगाउन नसकेको उनले जानकारी दिए।

‘सिलिण्डरका लागि वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने, स्थानीय प्रशासनको अनुमति लिनुपर्ने भनिरहेका छन् । अब सबै प्रक्रिया पूरा गरेर त्यहाँ जादैंछौं ।’ अंशुले भने।

पछिल्लो समय कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव भइरहेको छ । हरेक अस्पतामा अक्सिजनको अभाव भइरहेका बेला ठूलो परिणाममा बेवारिसे अवस्थामा सिलिण्डर फेला परेपछि आफूहरू त्यसको व्यवस्थापनतिर लागेको उनको भनाइ छ ।

सबै सिलिण्डर राम्रै अवस्था रहेको यादवले जानकारी दिए। स्थानीय तहसँग समन्वय गरेर ती सिलिण्डरमा अक्सिजन भरेर अस्पताल तथा बिरामीलाई उपलब्ध गराइने यादवले बताए।

 

सम्बन्धित खबरहरु