काठमाडौं । सबैको मनमा बसेका एक चर्चित डाक्टरको निधन भएको छ । दुवै डोज खोप लगाएको भए पनि उनको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नै मृत्यु भएको हो ।

पद्मश्री पुरस्कार र भारतीय मेडिकल एसोसिएशनका पूर्व राष्ट्रिय अध्यक्ष समेत भइसकेका डा. केके अग्रवालले कोरोनासँगको लामो लडाँई हारेका हुन् । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) नयाँ दिल्लीमा उनको मृत्यु भयो ।

डा. अग्रवाल ६२ वर्षको उमेरमा कोरोनासँग लडाँई गरिरहेका थिए । उनी लामो समयदेखि एम्समा भर्ना भएका थिए । उनलाई एक हप्ताको लागि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तपाईंलाई जानकारी गराउ कि अग्रवाल हृदय रोग विशेषज्ञ र भारतको हार्ट केयर फाउण्डेशनका प्रमुख पनि थिए ।

उनले २००५ मा डा. बीसी रोय पुरस्कार र २०१० मा पद्मश्री पुरस्कार पाएका थिए । उनले आफ्नो शिक्षा दिल्लीमा पुरा गरेर नागपुर विश्वविद्यालयबाट बाँकी अध्ययन पूरा गरेका थिए । गत बर्ष उनी कोभिड महामारीमा भिडियो पोष्ट गर्दै आएका थिए ।

उनले रोगका विभिन्न पक्ष र त्यसको व्यवस्थापनका बारेमा कुरा गरेका थिए । उनको ट्विटर प्रोफाइलमा पोस्ट गरिएको विज्ञप्तिमा भनिएको छ कि सोमबार दिउँसो ११ः१५ बजे महामारीको कारण उनको मृत्यु भयो ।

विज्ञप्तिमा भनिएको छ, ‘महामारीको बेलामा पनि उनले जनतालाई शिक्षा दिन निरन्तर प्रयास गरे । यस समयमा उनले धेरै भिडियोहरू र शैक्षिक कार्यक्रमहरू मार्फत १० करोड मानिससम्म पुग्न सक्षम भए र असंख्य व्यक्तिको ज्यान बचाए ।

उनी आफ्नो मृत्युलाई शोकका रुपमा भन्दा पनि हर्षका रुपमा मनाइओस् भन्ने चाहन्थे ।’ तर उनको मृत्युको खबरले नेपाल भारत मात्र हैन विश्वभरी रहेका मानिसहरु शोकाकु्ल भएका छन् । उनले नेपालीपनि धेरैको उपचार गरेका थिए ।

 

https://twitter.com/DrKKAggarwal/status/1394389544917639168

 

सम्बन्धित खबरहरु