काठमाडौ । सिरहामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकजना डाक्टरको निधन भएको छ । लहान नगरपालिका वडा–६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले पुष्टि गर्नुभयो ।

उहाँका अनुसार डा. चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आउनुभएको थियो । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उहाँको मृत्यु भएको यादवले बताउनुभयो ।

मात्र ३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आउनुभएको थियो । उहाँ सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित हुनुभएको थियो ।

 

सम्बन्धित खबरहरु