Baneshor_201501210834381-339x254

काठमाडाैं, ८ माघ ,जनबोली न्युज डेस्क। गृह मन्त्रालयले राजनीतिक दलहरुबीच बढेको तिक्तता र असहमतिले निम्त्याउन सक्ने संभावित खतरा ध्यानमा राखेर उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।

मन्त्रालयले संविधानसभा भवन, मन्त्रीहरु, सभासद, विभिन्न देशका राजदूतलगायतका उच्च अधिकारीको सुरक्षामा थप सर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले उपत्यकाको सुरक्षा अवस्थामा उच्च सतर्कता अपनाइने बताए । प्रहरीले राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय र निवासमा सुरक्षा निगरानी बढाएको छ ।

सम्बन्धित खबरहरु