काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोन भएको छ । नेपाली कांग्रेसका सभापति देउवालाई टेलिफोन गरेको उहाँले जानकारी दिनु भएको हो ।

शुक्रबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले कांग्रेस सभापति देउवालाई फोन गरेर तीनवटा प्रस्ताव राखेको उल्लेन गर्नुभएको हो । प्रधानमन्त्री ओलीले देउवालाई दिएका विकल्पहरु देहाय बमोजिम रहेका छन्ः

कांग्रेसले आफ्नो नेतृत्वको सरकार बनाओस्, नेकपा एमाले प्रतिपक्षीमा बसेर रचनात्मक सहयोग गर्न तयार,

राष्ट्रिय सरकार बनाउने नेपाली कांग्रेसको चाहना हो भने ओली नेतृत्वमा सरकार बनाउने,

फुटको राजनीति नगरौं, उपयुक्त विकल्प केही छ भने छलफल गरौं,

पछिल्ला दिनमा विपक्षी दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीका अनुसार यो कार्य गणतन्त्रविरोधी कदम हो ।

आफूले राष्ट्रपतिलाई सिफारिस गरेकाले दोषको सम्पूर्ण जिम्मेवारी आफूले लिने उहाँले स्पष्ट पर्नुभयो । जिम्मेवारी आफुले लिएको भन्दै उहाँले भन्नुभयो, ‘अविश्वासको प्रस्ताव ल्याएर हटाउनुस् भन्दा पनि भएन ।’

उहाँले विपक्षी दलहरूले वैकल्पिक सरकार बनाउन आग्रह गर्दै नयाँ सरकार बनेको खण्डमा शुभकामना दिएर रचनात्मक सहयोग गर्ने बताउनुभएको छ ।

 

सम्बन्धित खबरहरु