काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीलाई बहुमत पुर्याएर देखाउन चुनौती दिएको एक घण्टा नपुग्दै विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्ने भएको छ।

ओलीकै दल नेकपा एमालेको झलनाथ–माधव समूहका सांसदले हस्ताक्षर दिइसकेका छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अहिले देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत नेताहरू प्रक्रिया मिलाइरहेका छन् । बाहिर हस्ताक्षर संकलन भइरहेको छ ।

१४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा नयाँ सरकारका लागि दाबी पेश गर्न जाने तयारी उनीहरूको छ। कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र–बाबुराम समूहका १३ जनाले हस्ताक्षर दिएको बुझिएको छ ।

नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ। तर यो खबर बालुवाटारमा पुगेपछि त्यहाँ पत्र दर्ता नहुँदै यता ओलीले माधब समूहका सांसदलाई कारबाही गर्ने उता ठाकुरले जसपाका सांसदलाई कारबाही गर्ने तयारी छ ।

जसपामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएको छ भने ओली एमालेको अध्यक्ष सहित संसदीय दलको नेता समेत हुन् ।

 

सम्बन्धित खबरहरु