काठमाडौ । नेकपा एमाले झलनाथ–माधव समूहका नेताले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा वैकल्पिक सरकारको प्रधानमन्त्री दावी गर्न आफ्नो समूहका किर्ते हस्ताक्षर बोकेर हिँडेको दावी गरेका छन् ।

प्रभावशाली नेता सुरेन्द्र पाण्डेले सरकार बनाउन र देउवालाई समर्थन सहितको वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर अहिलेको नभएको उनले दुरुपयोग गरेको दावी गरेका छन् ।

नेता पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने दावी गरे । मिडियामा खबर सुने २७ जना नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षर छ तर त्यहाँ अहिले हस्ताक्षर भएको छैन ।

पाण्डेले भने, पुरानै दस्तखत होला, मैले गरेको छैन र थाहा पनि छैन । मैले नेताहरूलाई त्यो बाटोमा नजानुस् भनेको थिएँ । त्यो बाटोमा गए विद्रोह गर्छु उनले भने ।

सम्बन्धित खबरहरु