काठमाडौ । संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने दावी पेश गर्न विपक्षी दलका शीर्ष नेताहरु लावालस्करसहित राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेकपा एमालेकै नेता माधवकुमार नेपालसहित नेताहरु शीतलनिवास पुगेका हुन् ।

देउवालाई प्रधानमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई उपेन्द्र यादव पक्षका सांसदले समर्थन गरेका छन् ।

शितल निवासमा शेरबहादुर देउवा र उनी निकट केही शीर्ष नेता, माधवकुमार नेपाल, उनी निकट केही शीर्ष नेता र पुष्पकमल दाहाल प्रचण्ड र उनी निकट केही नेताहरु पुगेका छन् । उनीहरु शितल निवास छिर्दा साउथ फिल्मको दृष्यमा देखिनै जस्तै सवारीका लावालस्कर देखिन्थे ।

 

सम्बन्धित खबरहरु