काठमाडौ । भित्रराष्ट्र अष्ट्रेलियाले नेपालमा बढ्दो कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनीकरणको लागि ८२ करोड सहयोगको घोषणा गरेको छ ।

अष्ट्रेलियाको विदेशमन्त्रालयले विज्ञप्ति जारी गरी नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि उपकरण खरिदका लागि ७० लाख डलर अर्थात नेपाली झण्डै ८२ करोड रकम प्रदान गर्ने जनाएको छ । यो सहयोग राष्ट्रसंघ र एनजीओमार्फत् प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ ।

अष्ट्रेलियाले बंगलादेश र श्रीलंकालाई पनि सहयोगको घोषणा गरेको छ । बंगलादेशलाई ५० लाख र श्रीलंकालाई ५५ लाख डलर सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अष्ट्रेलियाकी विदेशमन्त्री मेराइज पेनले भनेकी छिन्, ‘अष्ट्रेलियाको सहयोग प्रत्यक्षरुपमा सबैभन्दा धेरै आवश्यक परेका मुलुकलाई जानेछ । अष्ट्रेलियामा रहेका समुदायहरु पनि आफ्ना नेपाल, बंगलादेश र श्रीलंकामा रहेका आफ्ना परिवार र साथीहरुको चिन्ता गरिरहेका छन् ।’

 

सम्बन्धित खबरहरु