काठमाडौ । यता राजनीतिक सरगर्मी बढिरहेका बेला उता नेकपा एमालेका दुबै पक्षका नेताहरुको वार्ता चलिरहेको छ ।

माधवकुमार नेपालले आफू निकट केही शीर्ष नेता लिएर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी गर्न राष्ट्रपति भवन पुगेका बेला यता नेता नेपाल छोडेर उनी समूहका नेताहरु ओली समूहका नेतासँग वार्ता गरिरहेका छन् । नेकपा एमाले एकताका लागि गठित वार्ता टोलीको बैठक सिंहदरबारमा जारी छ ।

वैकल्पिक सरकार गठनका लागि शेरबहादुर देउवाको पक्षमा माधव नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेर शीतल निवास गए लगत्तै वार्ता टोलीका नेताहरु अर्थ मन्त्रालयमा जम्मा भएका छन् ।

वार्ता टोलीको बैठक जारी छ । यहाँबाट आउँने निश्कर्ष निक्कै महत्वपूर्ण हुनेछ । यसलाई राजनीतिक बृत्तमा निक्कै ठूलो महत्वका साथ हेरिएको छ ।

वार्ता टोलीमा नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त वार्ता टोलीमा छन् भने ओली समूहबाट सुवास नेम्बाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्।

माधवकुमार नेपालले आफू निकट सांसदलाई लावालस्कर लगाएर राष्ट्रपति भवन जाँदा उनीहरु भने गएनन् । नेता सुरेन्द्र पाण्डेले त आफूले गरेको हस्ताक्षर अहिलेको नभइ शेरबहादुर देउवा र माधवकुमार नेपालले किर्ते काम गरेको आरोप लगाएका छन् ।

उनले यो बाटा नजाऔँ भन्दा भन्दै नेताहरु यो बाटोमा हिँडेको भन्दै उनले आपत्ति जनाएका छन् । यो कोर्सले गर्दा अब माधव नेपालको साथ छोड्नेहरुको संख्या झनै बढ्नेछ ।

 

सम्बन्धित खबरहरु