मोरङ । प्रहरीले ३ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका-१३ बस्ने २५ वर्षीय श्रवण साह, रंगेली नगरपालिका-१ बवियाविर्ता बस्ने २५ वर्षीया जिज्ञासा चौधरी र विराटनगर महानगरपालिका-१३ झमेली चोक बस्ने ३३ वर्षीय अमृत कुमार साह सुडी रहेका छन् ।

विराटनगर महानगरपालिका-११ रोडशेष चोकमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रवणको साथबाट २१ लाख ७१ हजार ५ सय नेपाली रुपैयाँ, ५ थान विभिन्न बैंकका चेक र १ थान न्यू लाईफ सेभिङ एण्ड क्रेडिटको चेक तथा जिज्ञासाको साथबाट २३ हजार भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा सोही कार्यमा संलग्न अमृत समेत रहेको खुल्न आएपछि प्रहरीले अमृतलाई उनकै घरबाट पक्राउ गरेको हो । अमृतको साथबाट २ थान मोबाइल, नगद भौचर र डिपोजिट रसिद समेत प्रहरीले बरामद गरेको छ । पक्राउपछि गरिएको अनुशन्धानमा उनीहरु हुण्डी कारोबारमा संलग्न रहेको अभियोग लागेको छ ।

२०७७ चैत्र महिनादेखि हुण्डी कारोबार ह्‍वाट्स एप मार्फत विभिन्न बैंकको खाता नम्बरमा रकम जम्मा गर्ने र सोको विवरण समेत ह्‍वाट्स एप मार्फत पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाइने उक्त कार्यालयले जनाएको छ ।

 

सम्बन्धित खबरहरु