काठमाडौं । शुक्रबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफरिसमा प्रतिनिधिसभा विघटन गर्नुभयो । कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्दै संसद भंग गरिएको हो ।

राष्ट्रपति भण्डारीको उक्त कदमलाई लिएर विपक्षी नेताहरुमा तिव्र आक्रोश देखिन थालेको छ ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीको मिलोमतोमा चिरहरन गरिएको बताउनु भएको छ ।

नेता खड्काले नेपाली जनताका प्रतिनिधिले संविधानसभामार्फत निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा चिरहरन गरिएको प्रतिकृया दिनु भएको हो ।

साथै महामन्त्री खड्काले यसको कानूनि,राजनैतिक र जनस्तरबाट सबै तवरले प्रतिरोध गर्नुपर्ने कुरा पनि औल्याउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘हाम्रो संविधानको रक्षा गरौँ, यो मध्यरातमा गरिएको संसदीय डकैती हो ।’

सम्बन्धित खबरहरु